close

बघौडा अस्पताल बागमती प्रदेशकै सर्वाेत्कृष्ट

बघौडा अस्पताल बागमती प्रदेशकै सर्वाेत्कृष्ट

Trulli
ADVERTISEMENT

चितवन(माडी)- बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले माडीको वसन्तपुरस्थित बघौडा अस्पताललाई प्रदेशकै सर्वाेत्कृष्ट स्थानीय तहको अस्पतालका रूपमा पुरस्कृत गरेको छ ।

 

आधारभूत सेवाको गुणस्तरका सूचक मूल्यांकनका आधारमा ५७ नम्बर प्राप्त गरेर बघौडा अस्पतालले सो सम्मान प्राप्त गरेको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जु सिंहले बताइन् । 

 

माडी नगरपालिकाले बघौडा अस्पताल भवन निर्माणका लागि रकमान्तर गरी १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 

सो रकममा अस्पताल विकास समितिले ५० लाख रुपैयाँ दायित्व वहन गर्ने गरी २ करोड रुपैयाँ बजेटमा तत्कालै अस्पताल भवन निर्माणको बोलपत्र आह्वान गर्न लागिएको छ ।