close

गैंडाकोटमा आधारभूत स्वास्थ्य इकाइ भवनकाे उद्घाटन

गैंडाकोटमा आधारभूत स्वास्थ्य इकाइ भवनकाे उद्घाटन

Trulli
ADVERTISEMENT

नवलपुर- नवलपरको गैंडाकोट नगरपालिकाको वडा नम्बर ७ मा निर्माण भएको आधारभूत स्वास्थ्य इकाइ भवनको उद्घाटन भएको छ । संघीय सरकारको ३८ लाख रुपैयाँ लागतमा स्वास्थ्य इकाइ भवन निर्माण भएको हो ।

 

नगरको वडा नम्बर ७ गैरीमा रहेको स्वास्थ्य इकाइ केन्द्रको बिहीबार नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गरे । 

 

कार्यक्रममा नगरप्रमुख पौडेलले जनताको सरकार घरदैलोमै हुनुपर्छ भन्ने मान्यताअनुसार वडामै स्वास्थ्योपचार केन्द्र  स्थापना गरिएको बताए । उनले कर्मचारी व्यवस्थापनसहित स्वास्थ्य इकाइ स्थापना गर्नेमा गैंडाकोट नेपालकै पहिलो नगरपालिका भएको दाबी गरे ।

 

७ नम्बर वडाका वडाध्यक्ष चोलानाथ उपाध्यायको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख विष्णुकुमारी कँडेलले संघीयताको मर्म नै जनताको घरदैलोमा पुगेर सेवा दिने भएकाले सोहीअनुसार वडामा स्थापना भएको स्वास्थ्य इकाइबाट उपलब्ध सेवा-सुविधा लिन वडाबासीलाई आग्रह गरिन् ।

 

गैंडाकोट नगरपालिकाको स्वास्थ्य चौकीका  इन्चार्ज इन्द्रराज सापकोटाले स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने ६० प्रकारका औषधीसहित प्राथमिक उपचार निःशुल्क उपलब्ध हुने बताए । वडामा स्थापना भएको स्वास्थ्य इकाइ केन्द्रमा १ जना हेल्थ असिस्टेन्ट र १ जना अनमीसहित रहने छन् ।