close

६ महिनामा मात्रै १६ जना क्षयरोगी भेटिए

मुगुमा क्षय रोगी बढेको बढ्यै

६ महिनामा मात्रै १६ जना क्षयरोगी भेटिए

मुगुमा क्षय रोगी बढेको बढ्यै

Trulli
ADVERTISEMENT


मुगु– हिमाली जिल्ला मुगुमा गत वर्षभन्दा यो वर्ष क्षय रोगीको संख्या उकालो लागेको छ । गत वर्षको तथ्यांकअनुसार जिल्लाभरि ५१ जना क्षय रोगीको संख्या थियो भने आर्थिक वर्षको ६ महिने अवधिमा १६ जना क्षय रोगी देखापरेको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ । 


गत वर्षभन्दा यो वर्ष मुगुमा क्षय रोगीको संख्या बढ्ने देखिएको जिल्ला अस्पताल मुगुका क्षयरोग तथा कुष्ठ रोग उपचारका फोकल पर्सन ज्ञानसिंह बुढाले जानकारी दिए । 


क्षय रोग विश्वमा उच्च मृत्यु दर भएका १० वटामध्येमा पर्छ । यो रोगबाट बच्नब नेपाल सरकारले सन् १९८५ देखि नेपालमा डट्स नीति अवलम्बन गर्दै आए पनि मुगुमा क्षय रोगीको संख्या बढी रहेको छ । 


क्षय रोगीको संख्या बढी रहे पनि सरकारले बिरामीका लागि औषधी निःशुल्क उपलब्ध गराएकाले रोग पहिचान भइसकेकाले नियमित औषधी सेवन गरे निको हुने फोकल पर्सन बुढा बताउँछन् ।


‘घरमा लामो समय बिरामी भएको थिएँ । जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्दा क्षयरोग देखियो । हिजोआज नियमित औषधी खाँदा केही ठीक भएको छ । सरकारबाट निःशुल्क औषधी पाउँदा हामी गरिबका लागि सहज भएको छ’, छायानाथ रारा नगरपालिका वडा नम्बर १२ का देवीचन्द्र बुढाले भने । मुगुका ४ स्थानमा क्षय रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराइँदै आएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।