close

शिखर नगरका घरआँगनमै पाठेघरको उपचार

शिखर नगरका घरआँगनमै पाठेघरको उपचार

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डोटीकाे शिखर नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाहरूको निःशुल्क उपचार गर्न थालेको छ । अहिलेसम्म नगर भित्रका १० जना महिलाको उपचार गरिएको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले डडेल्धुरा अस्पतालमा शिविर सञ्चालन गरेर सो समस्या भएका महिलाको उपचार गरिरहेको नगरपालिकाका नगरप्रमुख सिताराम ओझाले बताए । उनले अहिलेसम्म  १० जना पाठेघर खसेका महिलाको उपचार गरिएको बताए । शिखर नगरपालिकाले ३ वर्षको अवधिमा ३४ महिलाको निःशुल्क पाठेघरको उपचार गरेको छ । 


ज्येष्ठ नागरिक र दीर्घरोगको समस्याका भएका नाागरिकलाई निःशुल्क औषधि वितरण गर्दै आएको नगरपालिका उपप्रमुख धौलीदेवी साउदले बताइन् । महिलाको समस्या पहिचान गरी पाठेघरको समस्या भएका महिलाहरूको उपचार गरिएको उप्रमुख साउदको भनाइ छ ।  

 

निःशुल्क रुपमा स्वास्थ्य उपचार पाए पछि स्थानीय सरकारको अनुभुति भएको गोमती जोशीले बताइन् । सानै उमेरमा बच्चा जन्माउँदा पाठेघरमा समस्या देखिएको जोशी बताउँछिन् ।


सुदूरपश्चिमका पहाडी जिल्लामा महिलाको पाठेघर खस्ने समस्या उल्लेख्य रहेको उपचारमा संलग्न डा. राजन शाहले बताए । कम उमेरमा विवाह गर्ने तथा जन्मान्तर छिटो भएकाले यहाँका महिलामा पाठेघर खस्ने समस्या देखिएको स्वास्थ्कर्मीहरुको बुझाइ छ ।