close

चिसापानी अस्पतालमा विशेषज्ञ सेवा 

चिसापानी अस्पतालमा विशेषज्ञ सेवा 

Trulli
ADVERTISEMENT

नवलपरासी- नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको चिसापानी अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको छ ।

 

अस्पतालमा साताको ६ दिन विशेषज्ञ सेवा दिइने अस्पतालका अध्यक्षसमेत रहेका नगरप्रमुख धीरज शर्मा बस्यालले बताए । अस्पताल छिट्टै नयाँ भवनबाट सुरु हुने प्रमुख बस्यालले जानकारी दिए ।


अस्पतालले नाक कान घाँटी, स्त्री रोग, नशा तथा हाडजोर्नीलगायत उपचारमा विशेषज्ञ सेवा सुरु गरेको हो । बारअनुसारको उपचारको तयारी गरिने अस्पतालले जनाएको छ ।

 

विशेषज्ञ सेवासहित अल्ट्रासाउन्ड र सुरक्षित गर्भपतनको सेवासमेत उपलब्ध हुने मेडिकल सुपरिटेन्डेट डा. शान्ति केसीले बताइन् ।


यो १५ शय्याको सरकारी अस्पताल हो । हाल भाडाको घरमा सञ्चालन भएको अस्पताल ४ वर्षअघि स्थापना भएको थियो । 


चिसापानी अस्पतालमा कार्यरत डा. टीकाबहादुर बीएमको बिदाइ तथा डा. पवन अग्रहरीलाई स्वागत गरिएको जनस्वास्थ्य निरीक्षक रमेश न्यौपानेले बताए ।

 

‘अब विशेषज्ञ डाक्टर आउनुभएको छ’, न्यौपानेले भने, ‘आइतबारदेखि शुक्रबारसम्म रोस्टरअनुसार छुट्टै विशेषज्ञ सेवा सुरु गरेका छौँ ।’