close

शिवराजमा प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्दै

शिवराजमा प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्दै

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ मा प्रदेश स्तरीय अत्याधुनिक सरुवा रोग अस्पताल बन्ने भएको छ । नगरप्रमुख नेत्रराज अधिकारीका अनुसार प्रदेश र संघीय सरकारको सहयोगमा अस्पताल निर्माण गर्न लागिएको हो ।

 

९ बिघा क्षेत्रफलमा बनाइने अस्पताल निर्माण भएपछि यस क्षेत्रका स्थानीयलाई उपचारमा सहज हुने नगरप्रमुख अधिकारीले बताए । ‘अस्पताल निर्माणपछि बुटवल तथा भारतका विभिन्न ठाउँमा उपचार गर्न जाने बाध्यता अन्त्य हुनेछ’, नगरप्रमुख अधिकारीले भने । 


नगरपालिकाको निरन्तर पहलपछि र प्रदेश सरकारको सहयोगमा २ अर्ब रुपैयाँको लगानीमा अस्पताल बन्ने लुम्बिनी प्रदेशका सांसद अर्जुन केसीले जानकारी दिए ।

 

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा प्रदेश स्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्रमा निर्माण गरिने उल्लेख छ । अस्पताल बनेपछि अब सरुवा रोगले कसैले अनाहकमा ज्यान गुमाउनु नपर्ने स्थानीय अगुवा व्यापार संघका अध्यक्ष महादेव पोखरेलले बताए ।