close

शिवराजमा आधारभूत स्वास्थ्य सेवा अस्पतालकाे उद्घाटन 

शिवराजमा आधारभूत स्वास्थ्य सेवा अस्पतालकाे उद्घाटन 

Trulli
ADVERTISEMENT

कपिलवस्तु(शिवराज)- कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ मा रहेको कोरोना अस्पतालाई आधारभूत स्वास्थ्य अस्पतालका रूपमा सञ्चालन गरिएको छ ।


लुम्बिनी प्रदेशका सांसद अर्जुनकुमार केसीले आधारभूत अस्पतालको उद्घाटन गरे । कार्यक्रममा केसीले अस्पताल निर्माणसँगै यस क्षेत्रका नागरिकले सहज र सुलभ रूपमा स्वास्थ्य सेवा पाउन सक्ने बताए ।

 

अस्पताल सञ्चालनले सामान्य रोगका बिरामी अन्य ठाउँ जानुपर्ने बाध्यक्ष अन्त्य भएको उनको भनाइ छ । 

 

कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरको पहलबाट यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवा प्रत्याभूत हुने गरी अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए । 

 

कोरोना कहरमा यस क्षेत्रमा अस्पताल नहुँदा धैरे समस्या झेल्नुपरेको उनको भनाइ छ । ‘अब नागरिक सामान्य रोगको उपचार आफ्नै गाउँ-ठाँउबाट उपलब्ध हुनेछ’, अधिकारीले भने ।

 

व्यापार संघका अध्यक्ष महादेव पोखरलले अस्पताल यस क्षेत्रका बासिन्दका लागि वरदान सावित हुने बताए । कांग्रेसका नगर सभाप्रति मधुसूदन पोखरेलले सर्वसाधारणले समेत सस्तो र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे ।

 

कार्यक्रम शिवराज अस्पताल व्यवस्थापन समितिका सदस्य गोपाल बन्जाडेको सञ्चालन र डा. महेश गुप्ताको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।