close

हुप्सेकोटमा खुल्यो आरोग्य सेवा केन्द्र

हुप्सेकोटमा खुल्यो आरोग्य सेवा केन्द्र

Trulli
ADVERTISEMENT

नवलपुर- नवलपुरको हुप्सेकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । आइतबार हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले उद्घाटन गरेको नागरिक आरोग्य सेवा केन्द्र वडा नम्बर १ मा स्थापना भएको हो ।

 

जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र र हुप्सेकोट गाउँपालिकाको सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र गरिएको केन्द्रकी प्रमुख सुजाता शर्माले बताइन् । 

 

नागरिक आरोग्य सेवा केन्द्रबाट नागरिकलाई निःशुल्क आधारभूत आयुर्वेद सेवा, औषधी वितरण, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म योग, जीवनशैलीलगायत कार्यक्रम सञ्चालन गरिने डा. शर्माले जानकारी दिइन् ।