close

कोरोना रोकथाममा कडाइ गर्दै प्युठान 

कोरोना रोकथाममा कडाइ गर्दै प्युठान 

Trulli
ADVERTISEMENT

प्युठान– प्युठानमा कोभिड–१९ संक्रमण रोक्न कडाइ गरिने भएको छ । समुदायमा कोरोना संक्रमण फैलिन आशंकामा मेलापर्वदेखि सभा–सम्मेनमा कडाइ गर्न लागिएको हो ।

 

शैक्षिक भ्रमण, अवलोकन भ्रमण, सभा–सम्मेलन गोष्ठी, विद्यालय तथा अन्य संघ–संस्थालाई खेलकुद प्रतियोगिता, जिल्ला बाहिर हुने सबै किसिमका भ्रमणजस्ता कार्यक्रम नगर्न÷नगराउन जिल्ला प्रशासनले अनुरोध गरेको हो ।


मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा बसेको जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । 


बैठकले विद्यालयमा शिक्षक, विद्यार्थीलाई अनिवार्य मास्क प्रयोग गर्न, साबुन–पानीले हात धुने व्यवस्था र सामाजिक दूरी कायम गरी पठनपाठनको व्यवस्था मिलाउन स्थानीय तहले सहजीकरण गर्ने निर्णय गरेको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । 


भारत तथा तेस्रो मुलुकबाट आउनेलाई जिल्ला प्रवेशको मुख्य नाका दर्भानमा प्रहरी चौकी ढुंगेगढीले अभिलेख राख्ने गरी व्यवस्थापन गर्न भनिएको छ । 


प्रहरीले अभिलेखको आधारमा सम्बन्धित स्थानीय तहलाई जानकारी दिने, सोहीअनुसार स्थानीय तहले आ–आफ्नै घरमै क्वारेन्टाइन÷आइसोलेसनमा बस्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको केन्द्रका प्रजिअ भुसालले बताए । 


कोभिड–१९ संक्रमणको सम्भावनालाई दृष्टिगत गरी स्थानीय तहबाट पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्र, कोभिड–१९ अस्थायी अस्पताललाई तयारी अवस्थामा राख्ने, अत्यावश्यक औषधी र व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ ।