close

कोरोनाको अर्को हटस्पट बन्दै रुपन्देही

पछिल्लाे २४ घन्टामा थपिए २२७ नयाँ कोरोना संक्रमित

कोरोनाको अर्को हटस्पट बन्दै रुपन्देही

पछिल्लाे २४ घन्टामा थपिए २२७ नयाँ कोरोना संक्रमित

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीमा पछिल्लो २४ घन्टामा २२७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार ९९ महिला र १२८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार रूपन्देहीमा ९९ महिला र १२८ पुरुषमा कोरोना संक्रमण थपिएका छन् ।

 

बुटवल उपमहानगरमा मात्र ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा ४३ जना, सिद्धार्थनगरमा ४० जना कोरोना संक्रमित थपिएको डा. गिरीले जानकारी दिए । 

 

लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको अगुवाइ गरिरहेको बाँकेलाई उछिन्दै रूपन्देही उकालो लागेको हो ।

 

रूपन्देहीमा अहिलेसम्ममा कोरोना संक्रमणका कारण १६५ जनाको मृत्यु भएको छ भने ८११ जना होम आइसोलेसन, स्थानीय तहको आइसोलेसन तथा कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका छन् ।

 

संक्रमित थपिएसँगै रूपन्देहीको कोरोना विशेष अस्पताल र भीम अस्पतालका सबै बेड भरिभराउ भएको दुवै अस्पतालले बताएका छन् ।

 

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकृत डा. विष्णु गौतमका अनुसार रूपन्देहीमा रहेका २२ वटा आइसियु सबै भरिएका छन् ।


बुटवलमा रहेको कोरोना विशेष अस्पतालका १३ वटा आइसिीयु बेड सबै भरिएका छन् भने भीम अस्पतालका ९ वटा बेड पनि भरिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा आएका गम्भीर प्रकृतिका संक्रमितलाई फिबर क्लिनिकबाट सेवा दिइएको अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए ।