close

गुल्मी कोरोनाको उच्च जोखिममा: संक्रमणबाट ३ जनाको मृत्यु

गुल्मी कोरोनाको उच्च जोखिममा: संक्रमणबाट ३ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मी पनि कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । पछिल्लो ३ दिनमा ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । गुल्मीको चन्द्रकोट, छत्रकोट र धुर्कोटका १/१ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । 

 

आइतबार कोरोना संक्रमित धुर्कोट गाउँपालिका वडा नम्बर २ पीपलधाराका ४२ बर्षीय एक पुरुषको ज्यान गएको छ । उनी १ साताअघि भारतबाट आएर भैरहवा क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड-१९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए । उनको पिसिआर पोजेटिभ थियो । 

 

त्यस्तै, छत्रकोट गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुरुषको शनिबार राती ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए । उनी गत बिहीबार भारतबाट घर आएर होम आइसोलेसनमा बसेका थिए । 


शुक्रबार सामान्य ज्वरो आएपछि एन्जिेन टेस्ट गराउँदा पोजेटिभ देखियो । शनिबार राती एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भएको शर्माले जानकारी दिए ।


उनी गत माघमा मात्रै भारत गएका थिए । शव व्यवस्थापनको विषयमा अहिले घरपरिवार र जनप्रतिनिधिसँग सल्लाह भइरहेको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलको भनाइ छ ।


पौडेलका अनुसार मृतक शनिबार बेलुका ९ बजेसम्म ठीक थिए । ‘मलाई राती श्वास फेर्न अप्ठेरो भएको फोन आयो,’ उनले भने, ‘अस्पतालमा सम्पर्क गर्दागर्दै ज्यान गयो ।’


त्यस्तै, शुक्रबार बिहान चन्द्रकोट गाउँपालिका वडा नम्बर १ का ६१ वर्षीय एक व्यक्तिको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । गुल्मीमा १० जना एन्टिजेन र २९ जना पिसिआएर पोजेटिभ व्यक्ति छन् । संक्रमित २२ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् ।