close

बागलुङ आउँदो वर्ष औलो शून्य !

बागलुङ आउँदो वर्ष औलो शून्य !

Trulli
ADVERTISEMENT

बागलुङ- गर्मी मौसममा देखिने औलो (मलेरिया) रोग निवारणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरेर सन् २०२५ भित्रै निर्मूल पार्ने सरकारको तयारी छ ।


औलो रोग दिवस अवसरमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले सरकारले राखेको लक्ष्य पूरा गर्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक भएको बताए । त्यसका लागि सञ्चार माध्यमले नागरिकको घरघरमा सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता उनले औँल्याए । 


‘हरेक नागरिकले घरघरमा सरसफाइ गर्ने, लामखुट्टे नियन्त्रण गर्ने र प्रभावकारी उपायमार्फत स्वस्थ रहने काम गर्नुपर्छ,’ उनले भने, ‘सबै मिलेर काम गरे सरकारी लक्ष्य पूरा गर्न सकिन्छ ।’ नेपालमा आन्तरिक संक्रमण भएका १ सय २ जना र विदेशबाट आएकामध्ये ५ सय जनामा औलो भेटिएको उनले जानकारी दिए । 


पछिल्ला केही वर्षदेखि यो क्रम घटिरहेकाले नेपालले संक्रमण शून्य बनाउन सक्ने उनको दाबी छ । गण्डकी प्रदेशमा थोरै संख्यामा मात्रै संक्रमित देखिएकाले आगामी सन् २०२२ भित्रै संक्रमण शून्य बनाउन पहल भइरहेको उनको भनाइ छ ।


बागलुङमा अघिल्लो वर्ष ३ जना, गत वर्ष शून्य र चालू वर्ष १ जना विदेशबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले नियन्त्रणमा सफलता मिलेको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिइन् ।