close

बाजुराका बूढीनन्दा र खप्तड छेडेदह पूर्ण खोपयुक्त पालिका

बाजुराका बूढीनन्दा र खप्तड छेडेदह पूर्ण खोपयुक्त पालिका

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बूढीनन्दा नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । बूढीनन्दा नगरपालिकालाई जिल्लाको छैटौँ खोपयुक्त पालिका घोषणा गरिएको हो ।

 

जिल्लालाई नै पूर्ण खोपयुक्त तथा सुनिश्चितता घोषणा गर्ने गरी बाजुरामा तयारी भइरहेका बेला बूढीनन्दाले समयमै पूर्ण खोपयुक्त पालिका घोषणा भएको जनाएको छ ।

 

नगरभित्रका जन्मेदेखि १५ महिनामुनिका बालबालिकाले नियमित सबै प्रकारका खोप पाइसकेकाले पूर्ण खोपयुक्त घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य सह-संयोजक ओमजंग शाहीले जानकारी दिए ।
 

१० वटै वडा पूर्ण खोपयुक्त वडा घोषणा भइसकेकाले नगरपालिकालाई नै खोपयुक्त घोषणा गरिएको उनले बताए । नगरपालिकाभरिका सबै बालबालिका खोपको पहुँचमा पुगिसकेको शाहीको भनाइ छ । ‘जन्मेदेखि २३ महिनासम्मका अधिकांश बालबालिकाले सबै प्रकारका खोप पाइसकेका छन्’, शाहीले भने । 

 

यसैबीच बाजुराको खप्तड छेडेदह गाउँपालिका पनि पूर्ण खोपयुक्त तथा सुनिश्चितता पालिका घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष नरबहादुर रावतले पालिकालाई पूर्ण खोपयुक्त तथा सुनिश्चितता घोषणा गरेका हुन् । खप्तड छेडेदह जिल्लाको सातौँ खोपयुक्त तथा सुनिश्चिताको घोषणामा परेको छ ।

 

गाउँपालिकामा रहेका जन्मेदेखि १५ महिनामुनिका बालबालिकाले सबै प्रकारका खोप पाएकाले पालिकालाई खोपयुक्त घोषणा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले जानकारी दिए । गाउँपालिका अध्यक्ष नर रावतको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।