close

बाजुरा पूर्ण खोप जिल्ला घोषणा 

बाजुरा पूर्ण खोप जिल्ला घोषणा 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिपोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नारासहित बाजुरालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

 

सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद गोविन्द कुँवरले बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । जन्मदेखि १५ महिनामुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएर कोही नछुटेकाले अनुुगमनका आधारमा वडा, पालिका हुँदै जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए । बाजुरामा १५ महिनामुनिका करिब ६ हजार बालबालिका रहेको तथ्यांक छ ।

 

१५ वर्षमुनिका बालबालिकालाई १२ वटा सरुवा रोगविरुद्ध ८ वटा खोप लगाउनुपर्ने हुन्छ । पूर्ण खोपयुक्त घोषणा गर्न सबै बालबालिकाले एउटा पनि खोप नछुट्याएको हुनुपर्ने स्वास्थ्य कार्यालयका कर्मचारी महेश चन्द बताउँछन् ।

 

१६ देखि २३ महिनासम्मका बालबालिकालाई गाउँ-गाउँ खोजेर छुटेकालाई पनि खोप दिएको थियो । कोही पनि नछुटेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समिति अध्यक्ष नरेन्द्रकुमार रोकायाले बताए ।

 

बाजुरामा गौमूल गाउँपालिकाले पहिलो स्थानीय तहका रूपमा पहिलो पूर्ण खोपयुक्त पालिका घोषणा गरेको थियो । सपरिवार मौसमी बसाइँ सर्ने भोटे जनजाति समुदायका बालबालिकालाई अस्थायी बसोबास गरेकै ठाउँ पुुगेर खोप लगाइएको थियो ।

 

बाजुरामा २११६ जना बालबालिकालाई खोप लगाए-नलगाएकोबारे प्रत्यक्ष स्वास्थ्यकर्मीले भेटेका थिए । तीमध्ये आंशिक रूपमा ४२ बालबालिकाले खोप लगाएका र १ जनाले नलगाएको पाइएको थियो ।