close

बाजुराका ६ जनामा कोराना पुष्टि

बाजुराका ६ जनामा कोराना पुष्टि

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुरामा पछिल्लो २४ घन्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै बाजुरामा कोराना संक्रमितको सख्या २४ पुगेको छ । 

 

शुक्रबार ११ जनामा गरिएको एन्टोजन परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्द्रले जानकारी दिए ।

 

शुक्रबार ५९ जनाको एन्टिजेन परीक्षण गरिएकामा २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख चन्दले बताए । 

 

शुक्रबार थप भएकामध्ये ५ जना संक्रमित बडिमालिका नगरपालिका र १ जना खप्तड छेडेदह गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।

 

हालसम्म जिल्लाको बडिमालिका नगरपालिकामा १७ जना संक्रमित छन् भने बूढीगंगा नगरपालिकामा ३ जना, खप्तड छेडेदह गाउँपालिकामा २ जना र हिमाली गाउँपालिकामा १ संक्रमित रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि बाजुरामा ४ वटा कोरोना अस्पताल सञ्चालनमा छ । ती अस्पतालमा ४५ बेड, २ आइसियु र २ भेन्टिलेटरको सुविधा छ ।