close

तनहुँको व्यासमा ज्वरो क्लिनिक सञ्चालन गरिँदै

तनहुँको व्यासमा ज्वरो क्लिनिक सञ्चालन गरिँदै

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको व्यास नगरपालिका वडानम्बर ३ स्थित नेसनल एपोलो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको छ । कोरोना जोखिम बढेपछि अस्पतालले शुक्रबारदेखि ज्वरो क्लिनिक सञ्चालनमा ल्याएको हो । 

 

सर्वसाधारणलाई सहज सेवा दिन ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक चुडामणि दाहालले जानकारी दिए । ‘कोभिडको सन्त्रास फेरि फैलिँदै गएको अवस्थामा चुप लागेर बस्ने अवस्था देखिँदैन’, दाहालले भने, ‘गत वर्ष कोरोना कहरमा पनि ज्वरो क्लिनिकबाट सेवा दिएका थियाैँ ।’

 

ज्वरो क्लिनिक सञ्चालनका लागि अस्पताल प्रांगणमा टेन्ट राखिएको छ । त्यसका लागि वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ र चापाघाटस्थित कालीभञ्जन गणले सहयोग पुर्‍याएको दाहालले बताए ।