close

आर्थिक अभाव झेल्दै कमलबजारको पिसिआर प्रयोगशाला

आर्थिक अभाव झेल्दै कमलबजारको पिसिआर प्रयोगशाला

Trulli
ADVERTISEMENT

अछाम- अछामको कमलबजार नगरपालिकामा सञ्चालन भएको पिसिआर प्रयोगशाला आर्थिक अभावले जकडिएको छ । प्रयोगशाला सञ्चालनका लागि बजेट व्यवस्था नहुँदा समस्या देखिएको हो । 

 

कमलबजार नगरपालिकाको पहल तथा लगानी र अन्य स्थानीय तहको सहयोगमा सञ्चालन भएको प्रयोगशालाका लागि भरपर्दो बजेट स्रोत नहुँदा दैनिक पिसिआर परीक्षण गर्नसमेत कठिनाइ भइरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क विष्टले बताए । 


‘सुरुमा केही स्थानीय तहबाट बजेट प्राप्त भए पनि पछिल्लो समय बजेट आएन । नगरपालिका एक्लैले धान्न सक्ने अवस्था छैन’, अधिकृत विष्टले भने । योगशाला स्थापना भएको ८ महिनासम्म नगरपालिकाको स्रोतमा नियमित सञ्चालन गरिए पनि अहिले आर्थिक अभाव देखिएको उनले बताए । 

 

प्रयोगशाला स्थापनादेखि नै त्यहाँ स्वाब दिन आउने कुनै पनि बिरामीलाई निःशुल्क परीक्षण गर्दै आएको छ । जिल्लाका अन्य स्थानीय तहबाट घोषणा गरिएकै रकम नआउदाँ समस्या भएको नगरपालिका उपप्रमुख भमुशिरण बजगार्इंले बताइन् ।


‘हामीले जिल्लाका सबै तहबाट प्रयोगशालाका लागि बजेट आउने सोचेर सबै परीक्षण निःशुल्क गर्‍यौँ तर अहिले बजेट नआउँदा समस्या भयो’, उनले भनिन् । 

 

हरेक सरकारी पिसिआर परीक्षण प्रयोगशालामा कोरोना परीक्षण गर्दा १ हजार रुपैयाँ शुल्क लिने प्रावधान छ तर कमलबजारमा सबै निःशुल्क गरिएको उनले जानकारी दिइन् । 

 

समयमै बजेट व्यवस्था नभए प्रयोगशाला बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने उनको भनाइ छ । प्रयोगशालालाई नियमित सञ्चालनमा राख्न नगरपालिकाले जिल्लाका सबै स्थानीय तहसँग आर्थिक सहयोगको माग गरेको छ ।

 

पछिल्लो समय नयाँ भेरिएन्टको कोरोना संक्रमण फैलिएको र यसको रोकथाम तथा नियन्त्रण गर्न पिसिआर परीक्षण मात्रै भरपर्दो माध्यम भएकाले नियमित प्रयोगशाला सञ्चालनका लागि आर्थिक सहयोग गर्न आग्रह गरिएको छ । 

 

प्रयोगशालाले हालसम्म ४ हजार ५ सय ९० जनाको पिसिआर परीक्षण गरेको छ, जसमा ६ सय ४४ जनामा कोरोना पुष्टि भएको थियो ।