close

महोत्तरीका सबै पालिकामा २२ वैशाखदेखि निषेधाज्ञा

महोत्तरीका सबै पालिकामा २२ वैशाखदेखि निषेधाज्ञा

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीमा पछिल्लो समय कोरोना संक्रमित संख्या ह्वात्तै बढेपछि सम्भावित जोखिमलाई नियन्त्रण गर्न २२ देखि ३१ वैशाखसम्म जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।


आइतबार बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिले निषेधाज्ञासँगै जोखिमलाई न्यूनीकरण गर्न विभिन्न निर्णयसमेत गरेको छ ।

 

अक्सिजन अभाव हुन नदिन हरेक पालिकाहरूमा २०/२० थान अक्सिजन सिलिन्डरको व्यवस्था गर्ने, थप अक्सिजनका लागि प्रदेश सरकारसँग माग गर्ने, सम्पूर्ण स्वास्थ्यकर्मीलाई उच्च सतर्कताका साथ परिचालन गर्नेलगायत निर्णय भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

 

त्यसैगरी सबै पालिकाहरूमा यथाशीघ्र आइसोलेसन व्यवस्था गर्ने, कालोबजारी रोक्न बेला-बेला अनुगमन गर्ने, त्यसको जिम्मेवारी उद्योग वाणिज्य संघलाई दिने, अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्ति व्यवस्था मिलाउनेलगायत निर्णय भएको प्रजिअ भट्टराईले जानकारी दिए ।

 

कोरोना संक्रमणबाट बच्न सर्वसाधारणलाई घरमै बस्न पनि जिल्ला प्रशासन कार्यलय महोत्तरीले आग्रह गरेको छ ।