काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोनाका ८ हजार ६५९ जना संक्रमित थपिएका छन् । संक्रमणका कारण ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२० हजार ७ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६ सय ५ र ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी ८ हजार ६५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
२४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन्। हाल कूल सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ६१ हजार ५ सय ८८ जना होम आइसोलेसनमा छन् भने ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा छन् ।