close

सिरिजंघाका प्रत्येक वडामा तोकिए स्वास्थ्य फोकल पर्सन

सिरिजंघाका प्रत्येक वडामा तोकिए स्वास्थ्य फोकल पर्सन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिए अविलम्ब सम्पर्क गर्न वडागत रूपमा स्वास्थ्यकर्मीलाई ‘फोकल पर्सन’ तोकेको छ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार फोकल पर्सन तोकिएका स्वास्थ्यकर्मीले सम्बन्धित वडाको टोल विकास संस्थाका अध्यक्षमार्फत दिनहुँ सम्पर्क गरी त्यस क्षेत्रको स्वास्थ्य अवस्थाको विवरण पालिकाका मेडिकल अधिकृत डा. भुवन सुवेदीलाई बुझाउनुपर्नेछ ।

 

८ वटा वडा रहेको सिरिजंघामा प्रत्येकमा हेल्थ असिस्टेन्ट÷अहेबमध्ये १ र १ जना अनमी गरी प्रत्येक वडामा २ जनाका दरले स्वास्थ्यकर्मी खटाइएको छ । कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिए स्थानीयले समेत सम्बन्धित वडाका तोकिएका स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।