close

ताप्लेजुङको तोक्मे गाउँका ४८ जनामा कोरोना पुष्टि: गाउँ नै सिल 

ताप्लेजुङको तोक्मे गाउँका ४८ जनामा कोरोना पुष्टि: गाउँ नै सिल 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको तोक्मेका एउटै गाउँका ५८ जनाको कोरोना परीक्षण रिपोर्टमा ४८ जना नै पोजेटिभ भएपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले फुङ्लिङस्थित तोक्मे क्षेत्रलाई सिल गर्ने निर्णय गरेको छ । 


प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले स्थिति जटिल बन्दै गएकाले तोक्मे क्षेत्रमा सिल गरिने र घरभन्दा बाहिर निस्किए संक्रामक रोग निवारण ऐनअनुसार ठाउँको ठाउँ कारबाही गर्ने नीति लिएको जानकारी दिए ।

 

‘आफैंमा निषेधाज्ञा छ तर अबको प्रशासनिक उपस्थिति पहिलेभन्दा कडाइ र ठाउँको ठाउँ कारबाही गर्ने उद्देश्यप्रेरित हुनेछ’, प्रजिअ पाण्डेले भने । बिहीबार मात्र ताप्लेजुङमा ४८ जना कोरोना संक्रमित थपिएका छन् । 

 

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार ५८ जनाको प्राप्त रिपोर्टमध्ये ४८ जनाको पोजेटिभ आएको हो । २४ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको पाण्डेले बताए । यो तोक्मेडाँडामा संकलन गरिएको स्वाबको विवरण रहेको प्रजिअ पाण्डेको भनाइ छ ।

 

बुधबार मात्रै ताप्लेजुङमा ३२ जना कोरोना संक्रमित थपिएका थिए । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार पिसिआर परीक्षणबाट देखिएका ९६ र एन्टिजेन परीक्षणबाट देखिएका १० गरी अहिले ताप्लेजुङमा १ सय ६ जना संक्रमित पुगेका छन् ।