close

सुनवल नगरमा बन्दै पहिलो सघन उपचार कक्ष

सुनवल नगरमा बन्दै पहिलो सघन उपचार कक्ष

Trulli
ADVERTISEMENT

नवलपरासी– संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको गृहजिल्ला पश्चिम नवलपरासीमा पहिलो पटक सघन उपचार कक्ष ( आइसियु) सञ्चालन हुने भएको छ । 

 

हरेक चीजमा रूपन्देही र चितवनको भर पर्नुपर्ने बाध्यता रहेको यो जिल्लामा स्वास्थ्योपचारमा उस्तै गति छ । सुनवल नगरपालिकाले १० बेडको आइसियु सेवा सञ्चालन गर्ने भएपछि जिल्लामै पहिलो हुनेछ । 

 

नगरप्रमुख भीम बहादुर थापाका अनुसार संक्रमण वृद्धि हुँदै गएपछि नगरले आइसियु जडानलाई तीव्रता दिएको छ । जिल्लामा बनाइएका आइसोलेसनमा अक्सिजनसहित सामान्य उपचार प्रविधि छन् । 

 

आइसियुका लागि आवश्यक सम्पूर्ण मेडिकल उपकरण सुनवलस्थित सर्वोत्तम सिमेन्ट उद्योगले उपलब्ध गराएको हो । सेवा सञ्चालन गर्न करिब ७० लाख रुपैयाँ लाग्ने नगरप्रमुख थापाको भनाइ छ ।

 

बुधबारदेखि आइसियु सञ्चालन हुने थापाले जानकारी दिए । संक्रमितका लागि नगरपालिकाले अक्सिजनसहित २० बेडको आइसोलेसन निर्माण गरेको थियो ।
आइसोलेसनमा १ जना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मी रहने सुनवल नगरपालिकाले बताएको छ ।