close

बर्दिबासको कोभिड अस्पतालमा ५० शय्याको अक्सिजनसहितको आइसोलेसन

बर्दिबासको कोभिड अस्पतालमा ५० शय्याको अक्सिजनसहितको आइसोलेसन

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीको बर्दिबास नगरपालिकाको कोभिड अस्पतालमा अक्सिजनसहितको ५० शय्याको आइसोलेसन वार्ड बन्ने भएको छ ।

 

कोरोना माहामारीको सम्भावित खतरालाई दृष्टिगत गर्दै वडा–वडामा आइसोलेसन वार्ड र बर्दिबास अस्पतालमा अक्सिजनसहितको ५० शय्याकोे आइसोलेसन वार्ड बनाउन थालिएको नगरपालिकाले जनाएको छ ।

 

‘अक्सिजनसहितको ५० शय्याको आइसोलेसन वार्ड निर्माण गर्ने नगर कार्यपालिकाको निर्णयसँगै सबै तयारीमा जुटेका छौँ । माथिल्लो तलामा धमाधम सरसफाइको काम भइरहेको छ । छिट्टै सञ्चालन गर्नेछौँ’, अस्पतालमा कार्यरत डा. मिथिलेश साहले भने ।

 

कोरोना संक्रमितका बिरामीलाई ओसारपसार गर्न २ वटा एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ भने कोरोनाको लक्षण देखिएका बिरामीको दैनिक ४० को संख्यामा पिसिआरबाट परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।

 

विपद् व्यवस्थापनका लागि नगरपालिकाका १४ वटै वडामा वडास्तरीय समिति गठन भएका छन भने नगरले आफ्ना नागरिकको संख्या सूचीकृत गर्न सफ्टवेयर निर्माण गरी लिंक सार्वजनिक गरेको छ ।