close

फेदीखोलाले बनायो अक्सिजनसहितको आइसोलेसन

फेदीखोलाले बनायो अक्सिजनसहितको आइसोलेसन

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको फेदीखोला गाउँपालिकामा अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण भएको छ । कोरोना भाइरसको दोस्रो चरणको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि यसको नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिकाले अक्सिजनसहितको सुविधासम्पन्न २० बेडको आइसोलेसन कक्ष तयार पारेको पालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

 

निषेधाज्ञाको समय नियमित औषधी सेवन गर्ने दीर्घ रोगीका लागि बिरामीको समन्वयमा टोलटोलमै औषधी पुर्‍याउने व्यवस्था पालिकाले गरेको छ । 


पालिकामा उत्पादित कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स व्यवस्था गरिएको छ भने भारत र तेस्रो मुलुकबाट आउनेलाई सम्बन्धित वडाध्यक्ष र स्वास्थ्यकर्मीको समन्वयमा अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

 

२० जना क्षमताको सामुदायिक क्वारेन्टाइन निर्माणाधीन रहेकाले निम्न वर्गका घरमा छुट्टै बस्ने अवस्था नभएकाका लागि सामुदायिक क्वारेन्टाइन व्यवास्था गरिने अध्यक्ष सुवेदीले बताए ।

 

पहिलो चरणमा २० बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको र संक्रमणको अवस्था हेरेर थप आइसोलेसन व्यवस्थापन गरिने उनले जानकारी दिए । ‘वडा नम्बर ३ को भाटखोला स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसन र बिरामीको सहजताका लागि एम्बुलेन्स सेवालाई समेत तयारी अवस्थामा राखेका छौँ’, अध्यक्ष सुवेदीले भने ।

 

पालिकामा २०७७ का सबै अनिवार्य विषयको अन्तिम परिक्षा भौतिक उपस्थितिमै सञ्चालन भइसकेको एवं ऐच्छिक र व्यावसायिक विषयको अघिल्ला परीक्षालाई आधार मानेर मूल्यांकन गरिनेछ । परीक्षाफल अनलाइन माध्यमबाटै प्रकाशन गरिने अध्यक्ष सुवेदीले बताए ।

 

कोभिडको दोस्रो लहरबाट बच्न स्थानीय पालिका, जिल्ला प्रशासन र सरकारले भनेका आदेश पालना गर्न पालिकाबासीलाई अध्यक्ष सुवेदीको आग्रह छ ।