close

कोरोेनाविरुद्धको खोप लगाउने हो ? अनलाइन फारम भरिहाल्नुस्

कोरोेनाविरुद्धको खोप लगाउने हो ? अनलाइन फारम भरिहाल्नुस्

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले कोरोनाविरुद्धको खोप नलगाएका १८ वर्ष वा सोभन्दा बढी उमेरका खोप लगाउन इच्छुकलाई अनलाइन फारम भर्न आह्वान गरेको छ । आवेदन फारमबाट प्राप्त भएका विवरणका आधारमा पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्न सहज हुने सरकारको आकलन छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी दिनमा १८ वर्ष वा सोभन्दा माथिका झन्डै २ करोड नेपाली नागरिकलाई कोभिड खोप दिनुपर्ने र उक्त समूह निकै ठूलो भएकाले अभियानका क्रममा दर्ता गर्न कठिनाइ हुने देखिएपछि पूर्वदर्ताका लागि आह्वान गरेको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै समयको बचत र अभियानको प्रभावकारिताका लागि पूर्वदर्ता प्रणाली सुरु गरेको जनाएको छ ।

 

इसअन्र्तगत अनलाइन फारम भरेका १८ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले प्राथमिकताका आधारमा खोप लगाउन पाउने सरकारले जनाएको छ । 


यो स्वैच्छिक आवेदन फारम भएकाले महत्त्व बुझ्नसमेत सरकारले सबैलाई सचेत गराएको छ । तर, यो फारम भर्नेबित्तिकै खोप लगाउने सुनिश्चितता भने नरहनेसमेत सरकारले प्रस्ट्याएको छ ।

 

इन्टरनेटको पहुँच नभएका पालिकाका वडाहरूमा स्वास्थ्य संस्थामा रजिस्ट्रर राख्न लगाई पहिले नै दर्ता गर्ने र पालिकाममै प्रविष्ट गर्ने व्यवस्था मिलाउनसमेत सरकारले देशभरका पालिकाहरूलाइ आग्रह गरेको छ ।

 

रजिस्ट्रर विवरण दर्ता गर्दा खोप कार्डमा भएको विवरणअनुसार मात्र दर्ता गर्न र इन्टरनेटको पहुँच भएका ठाउँमा तत्काल आफ्नो बिबरण प्रिन्ट गरी सुरक्षित राख्नसमेत सेवाग्राहीलाई आग्रह गरिएको छ । 

 

अभियानको समयमा सबै खोप केन्द्रमा इन्टरनेटको पहुँच नहुने भएकाले अनिवार्य रजिस्ट्रर राख्न लगाउने र पछि संस्था वा पालिकामा लगेर अनलाइन प्रविष्ट गर्ने व्यवस्था मिलाउनसमेत परिपत्र गरिएको छ ।

 

अनलाइन दर्ता गर्नेको हकमा खोप अभियानका बेला प्राथमिकतामा राखी खोप लगाउने व्यवस्था गर्नेसमेत सरकारले प्रस्ट्याएको छ । तर, अनलाइन दर्ता नभएकै आधारमा खोपबाट वञ्चित नगर्ने योजनासमेत सरकारले सार्वजनिक गरेको छ ।