close

गलकोटले बनायो ११ शय्याको कोभिड अस्पताल

गलकोटले बनायो ११ शय्याको कोभिड अस्पताल

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको गलकोट नगरपालिकाले ११ शय्याको अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल तयार गरेको छ । पहिलो चरणको कोरोना महामारीमा स्थापना भएको अस्थायी कोभिड अस्पताललाई स्तरोन्नति गरेर अक्सिजन सुविधासहितको शय्या तयार गरिएको हो । 

 

पहिलो चरणमा ५ शय्याको मात्रै अस्थायी कोभिड अस्पताल बनाइएको थियो । नगर अस्पतालमा ११ शय्या छुट्टै निर्माण गरेर अस्थायी कोभिड अस्पताल बनाइएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए । अस्पतालमा २ जना चिकित्सक, १ जना नर्स, १ जना कार्यालय सहयोगीले सेवा दिनेछन् । 

 

अस्थायी अस्पतालमा एम्बुलेन्ससहितको सेवाका लागि एम्बुलेन्स चालकको समेत व्यवस्था गरिएको गल्कोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायणध्वज मल्लले जानकारी दिए । सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीतिअनुसार गलकोटमा पनि निर्माण गरिएको हो ।

 

अस्पतालमा कोरोना संक्रमित बिरामीको अवस्था हेरेर उपचार गरिने र बिरामीको थप उपचारका आवश्यक परे अन्यत्र पठाइने नगर अस्पतालका प्रमुख डा. निक्सन डंगोलले जानकारी दिए ।

 

अस्पतालमा अहिले साना-ठूला गरि १६ वटा अक्सिजन सिलिन्डर रहेका छन् । अस्पतालमा आवश्यक पर्ने सिलिन्डर दाताबाट सहयोग प्राप्त भएका हुन् । ५ वटा ठूलो सिलिन्डर कांग्रेका नेता मञ्जेशबम मल्लले दिएका हुन् ।

 

अन्य ४ वटा वडा नम्बर २ का वडाध्यक्ष हिमबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय, व्यवसायी केयरसिंह खत्री, योगेश भण्डारीको सहयोगमा संकलन गरिएको हो ।

 

नगरपालिकाले नगर क्षेत्रमा कोरोना तीव्र रूपमा फैलिरहेकाले नगरबासीमा सचेत रहन आग्रह गरेको छ । नगरपालिकाले स्वास्थ्यमा केही समस्या परे डाक्टरलाई सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।