close

धौलागिरि अस्पतालमा थपिए २५ वटा सिलिन्डर

धौलागिरि अस्पतालमा थपिए २५ वटा सिलिन्डर

Trulli
ADVERTISEMENT

बागलुङ– धौलागिरि अस्पताल बागलुङमा २५ थान अक्सिजन सिलिन्डर थपिएका छन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि सोमबार अक्सिजन सिलिन्डर पठाएको हो । 


१ सय ४ थान सिलिन्डर रहेको अस्पतालमा सोमबारबाट १ सय २९ थान सिलिन्डर पुगेका छन् । ३५ शय्याको आइसोलेसनमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालका लागि सिलिन्डर थप भएसँगै सहज हुनेछ । सोमबार प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले मन्त्रालयले उपलब्ध गराएका सिलिन्डर बागलुङ ल्याएका हुन् । पोखरामा रहेको अक्सिजन प्लान्टबाट पाठकले २५ वटै सिलिन्डर भरेर ल्याएका थिए । 


‘नयाँ सिलिन्डर प्लान्टमा छोडेर रिप्लेस लिएर आएको हुँ,’ पाठकले भने ‘अहिले आएका सिलिन्डर सरकारले चिनबाट पहिलो लटमा ल्याएकामध्ये भागलाग्दा अस्पतालको भागमा परेका सिलिन्डर हुन् ।’ 


सामाजिक सञ्जालमा प्रचार भएको जस्तो आफ्नो व्यक्तिगत खर्चमा सिलिन्डर नल्याएको पाठकले प्रष्ट पारे । सिलिन्डरसँगै अन्य केही स्वास्थ्य सामग्रीहरु मन्त्रालयले अस्पताललाई पठाएको छ । पाठकले अर्थ मन्त्रालयको स्वीकृतिसँगै अस्पतालमा अक्सिजन प्लान्टको स्तरोन्नतिको बाटो खुलेको भन्दै तत्काल प्रक्रिया अघि बढाउन आग्रह गरे । ‘काम समयमा थाल्ने हो भने २० दिनभित्र अक्सिजन प्लान्ट तयार हुन्छ, तर प्रक्रियाको बहानाबाजी गर्नु हुँदैन, समय संकटको छ,’ पाठकले भने ।