close

ताप्लेजुङका गाउँगाउँ पुग्याे कोरोना, १०० को परीक्षण गर्दा ७६ मा संक्रमण

ताप्लेजुङका गाउँगाउँ पुग्याे कोरोना, १०० को परीक्षण गर्दा ७६ मा संक्रमण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको आशंका गरिएको छ । बुधबार मात्रै ८२ जना कोरोना संक्रमित थपिएका छन् । १०० जनाको पिसिआर परीक्षण गर्दा ७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

 

८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको ताप्लेजुङ जिल्ला अस्पतालले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सुकेटार आसपास र ताप्लेजुङ अस्पताल परिसरबाट लिइएको १०० जनाको स्वाब परीक्षण नतिजा प्राप्त हुँदा ७६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

 

१५२ जनाको स्वाब संकलन गरिएकामा १०० जनाको रिपोर्ट आउन बाँकी थियो । योसँगै ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ४०४ पुगेको छ । अझै २९८ जनाको स्बाब परीक्षण रिपोर्ट आउन बाँकी छ ।