close

अग्रपंक्तिमा खटिएर काम गर्न पालिकाका स्वास्थ्यकर्मीलाई आह्वान

अग्रपंक्तिमा खटिएर काम गर्न पालिकाका स्वास्थ्यकर्मीलाई आह्वान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङ जिल्ला अस्पतालले जिल्ला अस्पतालको कोभिड-१९ र कोभिडबाहेकका बिरामीको उपचारमा स्वतःस्फूर्त खटिइदिन जिल्लाभरका सबै पालिकाका स्वास्थ्यकर्मीलाई आह्वान गरेको छ ।

 

अस्पतालले अध्ययन सकाएर घरमै बसिरहेका हेल्थ असिस्टेन्ट र अहेबहरूले यो बेला सेवा पुर्‍याउन चाहे ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सोनिङ लामासँग सम्पर्क गर्नसमेत भनेको छ । 

 

 

अस्पतालले जिल्ला अस्पतालको कोभिड-१९ र कोभिडबाहेकका बिरामीको उपचारमा स्वतःस्फूर्त खटिनुपर्ने अवस्थामा कार्यरत रहेको पालिकासँग समन्वय गर्ने काम जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले गर्ने बताएको छ । 

 

अस्पतालमा बिरामीको संख्या बढ्दै गएको तर जनशक्ति अभाव रहेको अवस्थामा यो अवस्था टार्न अस्पतालले आफ्नो आधिकारिक फेसबुकपेजमार्फत यस्तो अपिल गरेको हो ।