close

कोरोना विजेतालाई स्वास्थ्यकर्मीको बिदाइ, घरदैलोसम्मै छाड्छ गाडी 

कोरोना विजेतालाई स्वास्थ्यकर्मीको बिदाइ, घरदैलोसम्मै छाड्छ गाडी 

Trulli
ADVERTISEMENT

खोटाङ– कोभिड–१९ को संक्रमणमुक्त भएकालाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खादा ओढाएर बिदाइ गरिएको छ । कोभिड–१९ संक्रमण पुष्टिपछि हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ महादेवस्थान हलेसीस्थित रोयल होटलको आइसोलेसनमा बसिरहेका ७ र होम आइसोलेसनमा रहेका १ जनालाई शुक्रबार शुभकामनासहित बिदाइ गरिएको हो ।

 

संक्रमणपछि आइसोलेसन र होम आइसोलेसनमा बसिरहेको अवस्थामा पुनः गरिएको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि अस्थायी कोभिड अस्पताल दुर्छिमका डा. पवन श्रेष्ठ, नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामकुमार भगत, सह–संयोजक प्रकाश घिमिरेलगायत स्वास्थ्यकर्मीको टोलीले उनीहरूलाई बिदाइ गरेको हो । 

 

संक्रमण विजेता स्थानीयलाई नगरपालिकाको गाडीमा हालेर घर–घरमा पु¥याइएको स्वास्थ्य शाखा संयोजक भगतले बताए । योसँगै हलेसी तुवाचुङ नगरपालिकामा कोरोना जितेर घर फर्कनेको संख्या १५ पुगेको छ ।

 

हलेसी तुवाचुङ नगरपालिकामा शुक्रबार थप ५ जनालाई संक्रमण पुष्टि हुँदा सक्रिया संक्रमितको संख्या ७५ पुगेको नगरप्रमुख इवन राईले जानकारी दिए । १० स्थानीय तह रहेको जिल्लामा दोस्रो चरणको कोरोना संक्रमण हालसम्म ८४ बढीले जितिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।