close

महिला स्वास्थ्य स्वयंसेविकालाई दराज कोसेली 

महिला स्वास्थ्य स्वयंसेविकालाई दराज कोसेली 

Trulli
ADVERTISEMENT

कपिलवस्तु(शिवराज)- कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ८ ले स्वास्थ्य स्वयंसेविकालाई कोसेलीस्वरूप दराज वितरण गरेको छ । लामो समयसम्म स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका स्वयंसेविकालाई हौसलास्वरूप दराज वितरण गरिएको वडा नम्बर वडा ८ विसनपुर स्वास्थ्य चौकीका प्रमुख प्रकाश पोखरेलले जानकारी दिए ।


दराज सहयोगले थप काम गर्ने हौसला मिलेको स्वास्थ्य स्वयंसेविका अरुणा विकले बताइन् । न्यून सेवा-सुविधा लिएर गाउँघरमा सेवा गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वडाले दिँदै आएको स्वास्थ्य सेवामा थप योगदान पुग्ने विश्वासका साथ दराज वितरण गरिएको वडा नम्बर ८ का वडाध्यक्ष शंकर यादवको भनाइ छ ।


यादवले महिला स्वास्थ्य स्वयंसेविकाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा वडाले थप रचनात्मक सहयोग गर्ने बताए । धेरै पटक आफूहरूले सहयोगको अपेक्षा गरे पनि यस पटक वडाबाट प्राप्त दराज कोसेली खुसी बनाएको वडा नम्बर ८ महिला स्वयंसेविका सञ्जालकी अध्यक्ष निर्मला गुप्ताले बताइन् ।


विशेषगरी बालबालिका एवं गर्भवती महिलाको स्वास्थ्यसम्बन्धी जनचेतना अभियानलाई टेवा दिँदै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई समय-समयमा तालिम र गाउँघरमा काम सम्पादन गर्न सहज बनाउन सहयोग जारी रहने वडाध्यक्ष यादवले बताए ।


दराज वितरण कार्यक्रममा वडा सचिव छठिराम यादव र स्वास्थ्यकर्मी सारा भट्टराईले महिला स्वास्थ्य स्वयंसेविकाले समाजमा पुर्‍याएको योगदानको चर्चा गरे ।