close

गुल्मीको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा

गुल्मीको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा

Trulli
ADVERTISEMENT

रूपन्देही– गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थलमा रहेको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुरु भएको छ ।

 

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष शिव केसीले एक्सरे गरी सेवा सञ्चालनको घोषणा गरे ।

 

ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्य सुविधालाई ध्यानमा राखी नागरिकलाई स्थानीय सरकार रहेको महसुस गराउन र स्वास्थ्य सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन एक्सरे सेवा सुरु गरिएको हो ।

 

उक्त स्वास्थ्य केन्द्रले अहिले ओपिडी, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, इसिजी, ल्याब, स्वास्थ्य बिमा कार्यक्रम र एक्सरेलगायत सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रका प्रमुख डा. जनक पाठकले बताए ।

 

त्यस्तै, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले अब छिट्टै भिडियो एक्सरे सेवा पनि सञ्चालन गरिने जानकारी दिए ।

 

गाउँपालिका अध्यक्ष पोख्रेलले स्थानीय स्तरमै आधारभूत सेवा प्रदान गर्न सदरमुकाममा दिइने सेवा प्राथमिक केन्द्रबाटै सञ्चालन गरिएको बताए । अबको २ वर्षभित्र १५ शय्याको आधुनिक अस्पताल निमार्ण गर्ने योजना रहेको उनले सुनाए ।

महिला स्वयंसेविकाका लागि यो वर्षबाट कल्याणकारी कोषको स्थापना गरिने उनको भनाइ छ ।गाउँपालिका उपाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर खत्रीले एक्सरे सेवा सञ्चालनमा ल्याइएपछि नागरिकलाई सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्ने बताए ।

 

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी, प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख जनक पाठक, स्वास्थ्य शाखा प्रमुख, प्रेम खनाल, धुर्कोट गाउँपालिका स्वास्थ्य सहसंयोजक सुनिता सारुलगायत सहभागी थिए ।