close

कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा 

कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा 

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले  निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को  नीति तथा कार्यक्रम मार्फत पालिकावासीको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सार्वजनिक गरेको थियो । 

 

स्वास्थ्य नै मानवको अमूल्य धन भएकोले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रत्येक नागरिकलाई  क्रमशः स्वास्थ्य बिमा कार्यक्रममा समाबेश गर्ने लक्ष्य रहेको कालीगण्डकी गाउँपालिकाका प्रमुख खिम बहादुर थापाले  जानकारी दिए ।

 

पालिकाको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ३२ वर्षीया बुद्धिकला दमैलाई पहिलो सेवाग्राहीको रुपमा निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समाबेश गरिएको थापाले बताए । पालिकाले सीमान्तकृत वर्ग, अपाङ्गता भएका व्यक्ति र अति विपन्न वर्गलाई प्राथमिकतामा  राखेर बिमा कार्यक्रम अगाडि बढाएको पालिकाले जनाएको छ । 

 

जनस्तरमा गएर स्वास्थ्य बिमा सम्बन्धि जानकारी दिन तथा समाबेश गर्नकालागि बिमाकर्ताहरुलाई तालिम सञ्चालन समेत भइरहेको कालीगण्डकी गाउँपालिकाले जनाएको छ ।  कालीगण्डकी गाउँपालिकाले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि पर्याप्त बेजेट रहेको समेत जानकारी दिएको छ । 


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा मगरले निःशुल्क उपचार पाउने नागरिकको नैसर्गिक अधिकार भएकोले आफुले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।  बिमा कार्यक्रम अन्तर्गत पालिकाका सबै नागकिरले १ लाख रुपैयाँसम्मको निशुल्क उपचार प्राप्त गर्ने अध्यक्ष थापाले जानकारी दिए । 


कालीगण्डकी गाउँपालिकाको स्वास्थ्य बिमा कार्यक्रमलाई देशकै एक नमुना कार्यक्रमको रुपमा लिइएको छ।