close

सुनसरीको वराह क्षेत्रमा ५ शय्याको कोभिड अस्पताल 

सुनसरीको वराह क्षेत्रमा ५ शय्याको कोभिड अस्पताल 

Trulli
ADVERTISEMENT

सुनसरी- सुनसरीको वराह क्षेत्र नगरपालिकाले ५ शय्याको अस्थायी कोभिड अस्पताल उद्घाटन गरेको छ । नगर प्रमुख नीलम खनालले कोभिड अस्पताल उद्घाटन गरे ।


वराहक्षेत्र वडा नम्बर ३ स्थित नडाहामा निर्मित कोभिड अस्पतालमा अक्सिजन सिलिन्डरसहितको सुविधा छ । नगरपालिका स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरतर्फ अघि बढेको उनले बताए । 

 

‘स्वास्थ्यकर्मीको सहयोगले अन्य स्थानीय तहभन्दा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरिरहेका छौँ’, नगरप्रमुख खनालले भने । 

 

राजमार्ग नजिक रहेको, ठूला अस्पतालसम्म पुग्न सहज रहेको अवस्थामा कोभिड अस्पतालले प्रभावकारी भूमिका निर्वाह गर्ने वडा नम्बर ३ का वडाध्यक्ष रुद्र दाहालको धारणा छ ।


नडाहा चोकमा स्थानीयको लगानीमा वडा कार्यालय बनेपछि सरकारले विनियोजन गरेको रकमबाट निर्माण भएको भवनलाई अस्थायी कोभिड अस्पतालका रूपमा वराहक्षेत्र नगरपालिकाले विकास गरेको हो । 

 

स्थानीय पनुलाल राजधामी र सनुलाल राजधामीले दान गरेको ६ कठ्ठा जग्गामा भवन निर्माण भएको छ । ६ कोठा, ट्वाइलेट बाथरुम, सभाहल र कम्पाउन्ड वालसमेत ८१ लाख ३९ हजार ३ सय २५ रुपैयाँ ४२ पैसाको लागतमा वराहक्षेत्र ३ नडाहा भानुचोकमा भवन निर्माण भएको हो । 

 

अस्पतालमा एमबिबिएस डाक्टर १ जना, २ स्वास्थ्यकर्मी र १ जना सहयोगले सेवा दिने डा. सुलभ श्रेष्ठले जानकारी दिए ।