close

घिरिङलाई पूर्ण खोप पालिका घोषणा

घिरिङलाई पूर्ण खोप पालिका घोषणा

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको घिरिङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।  १६ देखि २३ महिनाका बालबालिकालाई दिनुपर्ने खोपको सबै मात्रा दिएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए । 


‘स्वास्थ्यकर्मीको टोली घर–घरै पुगेर सर्वेक्षण गरेको थियो । खोप लगाउन छुटेका ७ जना बालबालिका रहेछन् । उनीहरूलाई छुटेका खोप लगाइदियौँ । त्यसपछि बल्ल पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो’, उनले भने । ५ वटा वडा रहेको घिरिङमा १४० बालबालिकाले खोप लगाएको उनले जानकारी दिए । 


बिहीबार गाउँपालिका अध्यक्ष रनबहादुर रानाले पालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरे । उनका अनुसार शुक्रबारबाट सुरु आर्थिक वर्षमा पनि खोप कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।


बालबालिकाले खोप पाउने अधिकार सुनिश्चित गर्न स्वास्थ्य संस्थाबाट प्रवाह गरिने नियमित खोप सबैको पहुँचमा पुर्‍याउने नीति लिएको उनले बताए । ‘पूर्ण खोप दिगोपना कार्यक्रमलाई निरन्तरता दिइनेछ । यसका लागि बजेट विनियोजन भएको छ’, उनले भने ।