close

ताप्लेजुङमा दुई बर्षे बालिकामा समेत देखियो कोरोना संक्रमण

ताप्लेजुङमा दुई बर्षे बालिकामा समेत देखियो कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङमा दुई बर्षे बालिकामा समेत कोरोना संक्रमण देखिएको छ । ज्वरो र रुघाखोकीसहितको लक्षणका कारण सोमबार परीक्षणका लागि ताप्लेजुङ अस्पताल ल्याइएकी शिशुमा कोरोना संक्रमण देखिएको हो ।


ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सोनिङ लामाले एन्टिजेन विधिबाट गरिएको परीक्षणका क्रममा ती शिशुमा कोरोना संक्रमण देखिएपछि अस्पतालकै आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको जानकारी दिए ।


शिशुको अहिलेसम्म अवस्था सामान्य रहे पनि संक्रमणको यो घटनापछि सबैले थप सावधानी र सचेत बन्नुपर्ने अवस्था आएको उनले बताए बताए ।


संक्रमणको यो अवस्थालाई जिल्ला अस्पतालले तेस्रो भेरिएन्टतर्फको संकेत त होइन भनेर सामाजिक सञ्जालमा प्रश्नसमेत उठाइएको छ ।