close

कोरोनाविरुद्धको खोप लगाउन धरानका मेयरको आग्रह 

कोरोनाविरुद्धको खोप लगाउन धरानका मेयरको आग्रह 

Trulli
ADVERTISEMENT

धरान–सुनसरीको धरान उपमहानगरका मेयर तिलक राईले कोरोनाविरुद्धको खोप लगाउन नगरबासीलाई अपिल गरेका छन् । 


मेयर राईले २०, २१ र २२ साउनदेखि धरानका विभिन्न वडामा तोकिएका खोप केन्द्रमा जोन्सन एन्ड जोन्सन खोप लगाउन नगरबासीलाई आग्रह गरेका हुन् । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक र अन्य लक्षित समूहलाई लगाइनेछ ।


मेयर राईले धरान वडा नम्बर १ स्थित उद्योग वाणिज्य संघमा २० र २१ साउन साउनमा उद्योगी, व्यवसायीलाई लगाउन थालिएको खोपमा पनि सहभागिता जनाउन आग्रह गरेका छन् ।

 

‘कोरोना संक्रमणको जोखिम क्षेत्रमा परेको धरानमा संघीय सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सहजीकरणका लागि २० देखि २२ साउनसम्म तोकिएका वडाको खोप केन्द्रमा ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइँदै छ ।


लक्षित समूहका साथै वैदेशिक रोजगारमा जाने, अति अपांगता तथा पूर्ण अपांगता नागरिक, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई पनि खोप लगाइनेछ ।


मेयर राईले नगरभित्र पनि कोरोना महामारी फैलिइरहेकाले नगरबासीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेका छन् । उनले कोभिडसम्बन्धी लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न नगरबासीलाई अपिल गरेका छन् ।