close

भयावह बन्दै गोरखामा कोरोना संक्रमण

नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

भयावह बन्दै गोरखामा कोरोना संक्रमण

नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

Trulli
ADVERTISEMENT

गोरखा-  कोरोना संक्रमण भयावह बनेपछि गोरखा नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द भएको छ । सोमबारदेखि अर्को सूचना नहुँदासम्म सेवा बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख राजनराज पन्तले बताए । 

 

नगरपालिकाले आइतबार एक विज्ञप्ती जारी गरी सेवाग्राहीलाई परेको असुविधासँग क्षमा मागेको छ । कार्यालयमा कार्यरत अधिकांश कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको पन्तले बताए । अहिले ५ जना संक्रमित भइ आइसोलेसनमा रहेको र थप ६ जनालाई समेत संक्रमण लक्षण देखिएको उनले सुनाए । 

 

यसअघि नगरपालिकाको लेखा, स्टोरका कार्मचारीसहित प्रमुख प्रशासकीय अधिकृत पन्तलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । गोरखामा अहिले ७ सय २५ सक्रिय संक्रमित छन् । ४७ जनाको मृत्यु भइसकेको छ ।