close

कोरोना संक्रमित बालबालिकाका लागि छुट्टै अस्पताल

कोरोना संक्रमित बालबालिकाका लागि छुट्टै अस्पताल

Trulli
ADVERTISEMENT

कैलाली- महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा बालबालिकालाई लक्षित गरी ९० लाख रुपैँयाको लागतमा ५० शय्याको अस्पताल भवन निर्माण गर्न लागिएको हो । 

 

भवन निर्माणका लागि निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौताको कार्य भइसकेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पताल व्यवस्थापन समितिको अनुसार बालबालिकालाई लक्षित गरी बनाउन लागिएको अस्पताल असोज महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

 


निर्माण हुन लागेको अस्पतालमा कोरोना सङ्क्रमणमा परेका बालबालिकाको उपचार हुनेछ । बाल चिकित्सा अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले विशेष प्राथमिकतामा राखेको छ । 

 

महाकाली अस्पतालमा यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ५० शय्याको आइसोलेसन भवन निर्माण गरेको थियो । अस्पतालमा बिरामीको चापको आधारमा १०० शय्या थप गरिएको छ ।