close

धरानमा ५५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

धरानमा ५५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

Trulli
ADVERTISEMENT

सुनसरी- धरान उपमहानगरपालिकामा ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई सोमबारदेखि कोरोना विरुद्धको भेरोसेल खोप लगाइँदै छ ।


धरान उपामहानगरको वडा नम्बर ८ स्थित सभागृह र वडा नम्बर १ छाताचौकस्थित पुरानो अस्पतालमा खोपकेन्द्र तोकिएको छ । ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई  साउन ११, १२ र १३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन धरानमा सात वटा खोपकेन्द्रहरुमा सञ्चालन गरिएको थियो ।


खोप लगाउनबाट वञ्चित भएका ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई तोकिएको खोपकेन्द्रहरुमा बिहान १० देखि ४ बजेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाउन उपमहानगरले आह्वान गरेको छ । 


गत वर्ष फागुन ४ देखि चैत्र ४ गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकाको लागि खोपको दोश्रोे मात्रा छिट्टै सञ्चालन गरिनेसमेत उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।