close

चौरजहारीमा अक्सिजन उत्पादन सुरू

चौरजहारीमा अक्सिजन उत्पादन सुरू

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- रुकुम पश्चिमको चौरजहारी अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट अक्सिना उत्पादन सुरु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १ मा रहेको चौरजहारी अस्पतालमा चौरजहारी नगरपालिकाको लगानीमा जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको हो । 

 

प्लान्टबाट दैनिक ३२ देखि ३६ वटा सम्म ४० लिटरका सिलिन्डर भन सकिने चौरजहारी अस्पताल प्रशासनले जनाएको छ । 

 

अक्सिजन दिनुपर्ने बिरामीको संख्या बढ्दै जाँदा अक्सिजनको अभाव हुन थालेपछि चौरजहारीमा अक्सिजन प्लान्ट जडान गरिएको चौरजहारीका नगरप्रमुख विशाल शर्माले बताए ।

 

अक्सिजन उत्पादन सुरु भएसँगै रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, सल्यान, डोल्पा लगाएतका जिल्लालाई समेत सहज हुने अपेक्षा लिइएको छ । 

 

प्लान्ट जडान गर्नको लागि १ करोड १० लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । जसमा २ लाख ५० हजार रुपैँया चौरजहारी अस्पतालले वेहोरेको थियो ।