close

३ महिनादेखि अलपत्र मुगु अस्पतालको अक्सिजन प्लान्ट 

३ महिनादेखि अलपत्र मुगु अस्पतालको अक्सिजन प्लान्ट 

Trulli
ADVERTISEMENT

मुगु -  जिल्ला अस्पताल मुगुका लागि आएको अक्सिजन प्लान्ट ३ महिना बितिसक्दा पनि जडान हुन सकेको छैन ।  


गत २४ बैशाखमा अस्पताल आइपुगेको उक्त मेशिन हालसम्म प्रयोगबिहीन बन्नुका साथै अस्पतालको एक कुनामा थन्किएको छ । कोरोना महामारीलाई लक्षित गर्दै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका ८  जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट व्यवस्थापन गरेको थियो ।          
छानविन प्रकृया कहाँ सम्म पुग्यो ? के भयो ? भन्ने विषयमा जानकारी नगराइँदा प्लान्ट संचालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ज्ञानसिंह बुढाले बताए ।   


उनका अनुसार लेखा समितिले अक्सिजन सामान जडान सम्बन्धि थप जानकारी नगराएकाले  प्लान्ट जडान सम्बन्धि कुनैपनि प्रकृया अगाडि वढ्न सकेको छैन । प्लान्ट जडान गर्न पाइप लाइनको सामान पनि नभएको र उक्त पाइपलाइन खरिदका लागि २ जेठमा सूचना प्रकाशन गर्दा समेत सामान खरिदको लागि कुनै कम्पनीको निवेदन नपरेको बुढाको भनाई छ । पाइपलाइन खरिदको लागि छुटाइएको १५ लाख रकम समेत फ्रिज गएको ज्ञानसिह बुढाको भनाई छ ।  


जिल्लामा लाखौँको सामान थन्किएको छ भने अस्पतालमा रहेका खाली  अक्सिजन सिलिन्डरहरु भर्न नेपालगंज लगायतका सहरमा पठाउनु पर्ने अवस्था छ । अक्सिजन प्लान्ट मुगु अस्पताल आइपुगेलगत्तै २८ बैशाखमा बिभूति मेडीटेक इन्टरनेशनल सप्लायर्स लाई ३८ लाख ८० हजार रुपैयाँ भुत्तानी गरिसकिएको छ ।