close

अदानचुलीले सम्मानसहित स्वयंसेविकालाई गर्‍यो बिदाइ

अदानचुलीले सम्मानसहित स्वयंसेविकालाई गर्‍यो बिदाइ

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको अदानचुली गाउँपालिकाले तत्कालिन श्रीनगर र कालिका गा.वि.स.मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ ।


नेपाल सरकारले ल्याएको महिला स्वास्थ्य स्वयंसेविका सम्बन्धि मापदण्ड अनुसार पुराना स्वयंसेविका नभएकाले गाउँपालिकाले मापदण्ड अनुसार नयाँ भर्ना गर्नका लागि पुरानालाई बिदाइ गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए ।

 

लामो समयदेखि गाउँका चिकित्सकको भूमिका निर्वाह गर्दै आएका यसभन्दा अघिका महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै सम्मानसहित औपचारिक कार्यक्रमकाबीच बिदाइ गरिएको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।


‘पछिल्लो मापदण्डले अनिवार्य रुपमा स्वयम्सेविकलाई माध्यमिक शिक्षा परिक्षा (एसइइ) उत्तिर्ण गरेको वा सो सरह हुनु पर्ने व्यवस्था गरेपछि हामीले बाध्यभएर मापदण्ड अनुसारका स्वयंसेविकाको व्यवस्था गर्नु पर्ने अवस्था आयो’ फडेराले सम्मान तथा बिदाइ कार्यक्रमलाई संवोधन गर्दै भने, ‘यहाँहरुको योगदानको उच्च मूल्यांकन गर्दै गाउँपालिकाले एकमुष्ट १५÷१५ हजार नगदले सम्मान गरेको हो ।’


बिदाइ कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले उमेर र योग्यताको हदबन्दीका कारण बिदाइ भएर जाने महिला स्वास्थ्य स्वयम् सेविकालाई हरेक वस्ती र वडाको अविभावकका रुपमा भूमिका खेल्न आग्रह गरे ।

 

यसैगरी गाउँपालिकाका उपाध्यक्ष सौमती रावल ऐडिले विगतमा छोरीलाई पढाउन हुँदैन भनेकै कारण गाउँपालिका भर ठूलो योगदान दिएका स्वयंसेविकाले इच्छाशक्ति भएरपनि आज बिदइ हुनु परेको बताइन् । यसले गाउँपालिकाका सबै वडामा छोरीलाई पनि पढाउनु पर्छ भन्ने सन्देश जाने उल्लेख गरेकी रावलले हाम्रै सामाजिक मान्यताका कारण योगदान गरेको दिदिबहिनीहरुले बिदा लिनु पर्दा आफूलाई दुःख लागेको प्रतिक्रिया दिइन् ।


बिहीबार बसेको अदानचुली गाउँ कार्यपालीकाको बैठकले साविकको श्रीनगर र कालिका गाविसका १८ जना महिला स्वास्थ्य स्वास्थ्य स्वयम् सेविकालाई सम्मानसहित बिदाइ गर्ने निर्णय गरेपछि शुक्रबार एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

 

वडाको सिफारिसमा नयाँ नियुक्ति

पुराना स्वयंसेविकालाई बिदाइ गरेपछि रिक्त महिला स्वास्थ्य स्वयम् सेविकाको पदमा नयाँ नियुक्तीका लागि वडाबाट छलफल शुरु गरिने अदनाुचली गाउँपालिकाले जनाएको छ ।

 

सरकारले तोकेको मापदण्ड अनुसार पालिकाभित्रका ६ वटै वडाले आ–आफ्नो वडाका गाउँटोल समेट्ने गरेर भएको छलफलमार्फत सर्वसम्मत भएर आएमा बढिमा ३ जना एक वडाबाट पर्नेगरी वडाकोे सीफारीसको आधारमा २ दीनमै नीयुत्तीको प्रक्रिया अघि बढाइने तयारी गाउँपालिकाले गरेको छ । 

 

तर एकै वडामा ३ जना भन्दा बढीको दरखास्त परेको खण्डमा ७ दिनभित्र लिखीत परीक्षा लीइने र सोही अनुसार नयाँ नियुक्तीको प्रक्रिया अघि बढाइने छ । पालिकाभित्रका सबै वडामा नयाँ स्वयम् सेविकाका लागि शुक्रबारदेखि नै दरखास्त आव्हान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हंश महताराले जानकारी दिए ।

 

नयाँ आवेदकले कम्तीमा एसईई उत्रिर्ण वा सोसरहको योग्यता हासील गरेको र आफूले कम्तीमा १० वर्षसम्म काम गर्ने छु भन्ने प्रतीबद्धता गर्नु पर्नेछ । यस्तै उमेरको हकमा २५ वर्ष देखी ४५ वर्षसम्मको हुनु पर्ने छ भने निवेदकले नेपाली नागरिता भएको, विवाहित भई १ बच्चा भएकोलाई मान्यता दिईने बताइएको छ ।