close

ताप्लेजुङमा झन्डै १४ हजारले लगाए कोरोनाविरुद्धको खोप

ताप्लेजुङमा झन्डै १४ हजारले लगाए कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङमा झन्डै १४ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । २१ हजार बढी कोरोनाविरुद्धको दोस्रो खोपको पर्खाइमा छन् । जिल्ला प्रशासन कार्यालयले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार १३ हजार ७ सय ७९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् ।


कोरोनाविरुद्धको पूर्ण खोप दुई डोज लगाउनुपर्ने भेरोसिल र कोभिडसिल्ड तथा एक मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप लगाएकाको संख्या हो ।


सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार ताप्लेजुङमा अहिलेसम्म ३५ हजार १ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यीमध्ये कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउनेको संख्या २१ हजार ३ सय ५९ छ ।


प्रशासन कार्यालयका अनुसार अहिलेसम्म ५ हजार ८ सय ७० जनाले भेरोसिलविरुद्धको खोपको दुवै डोज लगाएका छन् । १५ हजार १ सय ९७ जनाले भेरोसिल खोप लगाएकामा ९ हजार ३ सय २७ जनाले दोस्रो डोज लगाउन बाँकी छ ।


यस्तै, १४ हजार १ सय ९१ जनाले कोभिडसिल्ड खोप लगाएकामा १२ हजार ३२ जनाले दोस्रो डोज लगाउन बाँकी छ । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप भने ५ हजार ७ सय ५० जनाले लगाएका छन् । 

 

संक्रिय संक्रमित १४ प्रतिशत

प्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या १४ प्रतिशतमा झरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ताप्लेजुङमा अहिले सक्रिय कोरोना संक्रमित संख्या ३ सय ४ जना छन् । कुल २ हजार २ सय ९२ जनामा संक्रमण देखिएकामा १ हजार ९ सय ७२ जना संक्रमणमुक्त भएका छन् । 


यो हिसाबले संक्रमणमुक्त हुनेको संख्या ८६ प्रतिशत पुगेको छ । सक्रिय संक्रमितमध्ये ४ जनालाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको, १४ जना अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार गराइरहेको र २ सय ८६ जना होम आइसोलेसनमा रहेको प्रशासन कार्यालयले जनाएको छ ।


जिल्लाभित्रै मृत्यु भएकाको संख्या मात्र अद्यावधिक गर्ने जिल्ला प्रशासन कार्यालयले कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता अहिलेसम्म १६ जनाले ज्यान गुमाएको बताएको छ । जिल्लाभित्र र थप उपचारका लागि जिल्ला बाहिर पुगेरसमेत मृत्यु हुनेको संख्या २२ पुगेको छ ।