close

जुम्लामा ४७ को कोरोना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि

जुम्लामा ४७ को कोरोना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा ४७ जनामा कोरोना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । 

 

जुम्लामा ८ वैशाखदेखि कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ४ सय ८२ पुगेको छ भने शनिबारसम्म संक्रमणमुक्त हुनेको संख्या १ हजार २ सय ३६ जना रहेका छन् । प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार जुम्लाका १२ र जिल्लाबाहिर ४ जना गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । 

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कोभिड अस्पतालमा २५ जना उपचाररत र १९४ जना होम आइसोलेसनमा सक्रिय संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । 

 

जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संख्या १० हजार १३४ र १२ हजार ७५४ जनाले दोस्रो डोजको खोप लगाउन बाँकी रहेको सार्वजनिक तथ्यांकमा उल्लेख छ । हालसम्म जुम्लाका २२ हजार ८८८ नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् । तर, यहाँको जनसंख्या १ लाख २६ हजार ३८० छ ।