close

१८ वर्ष कटेका विद्यार्थीलाई मात्र खोप दिन परिपत्र

१८ वर्ष कटेका विद्यार्थीलाई मात्र खोप दिन परिपत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रदेश १ को स्वास्थ्य निर्देशनालयले १८ वर्ष पूरा नभएका परीक्षार्थीलाई खोप उपलब्ध नगराउन परिपत्र गरेको छ । प्रदेश १ का महानगरसहित सबै १ सय ३७ स्थानीय तह र १४ वटै स्वास्थ्य कार्यालयलाई स्वास्थ्य निर्देशनालय धनकुटाले यस्तो परिपत्र गरेको हो ।

 

निमित्त निर्देशक दानबहादुर बस्नेतले स्वास्थ्य सेवा विभागले यसअघि नै १८ वर्ष पूरा भएका परीक्षार्थीलाई प्रवेशपत्रको आधारमा खोप उपलब्ध गराउने गरी गरेको परिपत्रबारे प्रदेश १ भरिका स्थानीय तह र स्वास्थ्य कार्यालयलाई ध्यानाकर्षण गराएका छन् ।

 

परिपत्रमा कक्षा १२ का विद्यार्थीलाई खोप उपलब्ध गराउने सन्दर्भमा १८ वर्ष पूरा नभएकालाइ पनि खोप दिएको भन्ने सुन्नमा आएकाले प्रदेश निर्देशनालयले १८ वर्ष पूरा नभएकालाई खोप उपलब्ध नगराउन भनेको हो । 

 

स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले स्वास्थ्य निर्देशनालयको परिपत्रअनुसार १८ वर्ष पूरा भएका विद्यार्थीलाइ मात्र खोप उपलब्ध गराइने बताए ।