close

लिमीबासीलाई खोपले दिलाएको खुसी

लिमीबासीलाई खोपले दिलाएको खुसी

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारिको गाउँ लिमीका स्थानीयले कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन पाउदा बाँच्ने आस पलाएको बताएका छन् ।


चीनसँग सीमा जोडिएको लिमीका स्थानीय आफैंले  कोरनाको खोप माग गरेपछि मागअनुसार जिल्लाबाट भ्याक्सिन लगेर स्वास्थ्यकर्मी लिमी पुगेपछि खोप लगाउन पाएका हुन् ।


नाम्खाको ६ वटा वडा रहेको लिमीमा ३ वटा गाउँका सबै स्थानीयले कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

 

२०७७ फागुनमा पहिलो डोज लगाएका नाम्खाका लिमीबासीले लामो समय खोप लगाउन नपाउँदा निरास भइरहेका बेला दोस्रो डोजको खोप पुगेलगत्तै यसको पहुँचमा पुगेपछि खुसी छन् । कोरोनाले हुम्लालाई अत्ताएको बेला हालसम्म नाम्खाको लिमीगाउँ भने कोरोना संक्रमणमुक्त थियो ।

 

तीन वटै गाउँ कोरोनामुक्त भए पनि दोस्रो डोज लगाएपछि संक्रमणको डर हटेको स्थानीय बताउँछन् । नाम्खाका स्वास्थ्य संयोजक ज्ञाछो लामाले कोरोनाको पहिलो डोज लगाएका २२९ लिमीका ज्येष्ठ नागरिक लक्षित लागि हेलिकोप्टरबाटै बोकेर दोस्रो डोज लगाइएको जानकारी दिए । हाल १४७ घरधुरी रहेको नाम्खाका जाङ, हन्जी र तिल गरी तीन वटा गाउँ रहेको लिमीमा १ हजार २ सय जनसंख्या छ ।