close

६० वर्ष कटेका ‘गाउँका डाक्टर’ लाई सूर्यविनायकको बिदाइ 

६० वर्ष कटेका ‘गाउँका डाक्टर’ लाई सूर्यविनायकको बिदाइ 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका ६० वर्ष उमेर पूरा भएका स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरेको छ । पालिकाको नीति तथा कार्यक्रमअनुसार १२ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरिएको हो । 

 

कार्यक्रममा स्वयंसेविकालाई ४० हजार रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । स्वयंसेविकाले पाएको उक्त रकममध्ये संघीय सरकारका तर्फबाट २० हजार तथा नगरपालिकाका तर्फबाट जनही २० हजार रुपैयाँ रहेको छ । कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले नगरपालिकाले अहोरात्र खटिने स्वयंसेविकाको सम्मानमा शतप्रतिशत प्रोत्साहन रकम थप गरेको बताए । 

 

अहिले सूर्यविनायकका १० वडामा ७२ जना स्वास्थ्य स्वयंसेविका कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख वसन्तप्रसाद चापागाईंले बताए । ३० वर्षदेखि स्वास्थ्य स्वयंसेविकाले नगरपालिकामा पुर्‍याएको योगदानको चर्चा गर्दै महिला घरबाहिर निस्किन हिच्किचाउने समयदेखि स्वास्थ्य स्वयंसेविकाले झोला बोकेर हिँड्न सक्नु गर्वको विषय भएको उल्लेख गरे । 

 

बिदा हुन लागेका स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षमताले भ्याएसम्मको स्वयंसेवा गरेको भन्दै नगरपालिकाले सम्मानसहित गरेको बिदाइले खुसी बनाएको प्रतिक्रिया दिए ।