close

वायु प्रदूषणबाटै बर्सेनि मर्छन् ७० लाख नागरिक

वायु प्रदूषणबाटै बर्सेनि मर्छन् ७० लाख नागरिक

Trulli
ADVERTISEMENT

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वार्षिक ७० लाख नागरिकको अल्पायुमै मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको संगठनले बताएको छ । संगठनले यो वर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप बलियो बनाएको छ ।


संगठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकामा जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूमपान र अस्वस्थकर भोजनसँग सम्बन्धित रहेको बताएको छ । डब्लुएचओका अधिकारीले भनेका छन्, ‘वायुको गुणस्तरसम्बन्धी सबै निर्देशन कमजोर रहेकाले यसको सुधारका लागि कठोर नीति लिइनुपर्छ । वायु प्रदूषण तथा स्वस्थ आहारमा ध्यान दिन सके विश्वमा लाखौँको ज्यान जोगाउन सकिन्छ ।’

 

वायु प्रदूषण नियन्त्रणका लागि ल्याइने नयाँ कानुनको उद्देश्य यसको प्रतिकूल असरबाट मानिसलाई जोगाउनु हो र यसबाट सरकारहरूले कानुनी तवरमा बाध्यकारी स्तरको सन्दर्भको रूपमा प्रयोग गर्नेछन् ।

 

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायले सन् २००५ मा अन्तिम पटक वायु गुणस्तरसम्बन्धी दिशानिर्देश (एक्युजी) जारी गरेको थियो, जसले विश्वभरि प्रदूषण कम गर्ने नीतिमा उल्लेखनीय प्रभाव पारेको छ । तथापि विश्व स्वास्थ्य संगठनले १६ वर्षभित्र वायु प्रदूषणले पहिलेभन्दा कम मात्रामा स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा देखाउँदै अझ बलियो प्रमाण देखापरेको उल्लेख गरेको छ ।

 

संगठनले भनेको छ, ‘विशेष देश वा क्षेत्रमा मात्र नभई विश्वव्यापी रूपमा प्रमुख वायु प्रदूषकको संख्या जोखिम कम गर्न गरिएका कार्यको सफाइ दिन कुनै देश विशेष मात्र नभई विश्व समुदाय नै चुकेका प्रमाण पर्याप्त पाइन्छन् ।’

 

यो नयाँ दिशानिर्देश अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतको ग्लासगोमा आयोजित विश्वव्यापी जलवायु शिखर सम्मेलन (कोप–२६) का लागि ठीक समयमा आएको छ ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार जलवायु परिवर्तनसँगसँगै वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा हो । वायु गुणस्तर सुधार गर्दा जलवायु परिवर्तन कम गर्ने प्रयासमा वृद्धि हुनेछ र वायु गुणस्तर सुधार नगर्दा यसको ठीक विपरीत प्रभाव पर्ने संगठनको ठहर छ । 
विश्वको नयाँ दिशानिर्देशअनुसार ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बन मोनोअक्साइडलगायत ६ वटा प्रदूषकका लागि वायु गुणस्तरको स्तर सिफारिस गरिएको छ ।

 

अन्य दुईमा १० र २.५ माइक्रोन वा सोभन्दा सानो पदार्थ स्वस्थ जीवनका लागि खतरनाक मानिने गर्छ । किनकि, यिनीहरू फोक्सोमा सहजै गहिरो तहसम्म प्रवेश गर्न सक्षम हुन्छन् । तर, अनुसन्धानले देखाएअनुसार पीएम २.५ रक्त प्रवाहमा समेत प्रवेश गर्न सक्छ ।

 

यसको परिणामस्वरूप मुख्यतया मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ तर अन्य अंगलाई पनि असर गर्ने डब्लुएचओले बताएको छ । सन् २०१९ मा विश्व जनसंख्याको ९० प्रतिशतभन्दा बढी मानिस लामो समयसम्म पीएम २.५ को जोखिमका लागि २००५ एकक्यूजीभन्दा बढी भएको क्षेत्रमा बसोबास गर्थे । दक्षिणपूर्वी एसिया वायु प्रदूषका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

 

डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भने, ‘वायु प्रदूषण सबै देशहरूमा स्वास्थ्यका लागि खतरा हो तर यसले निम्न तथा मध्यम आय भएका देशका मानिसलाई सबैभन्दा बढी असर गर्छ ।


संगठनका अनुसार सन् १९९० को दशकदेखि उच्च आय भएका देशमा वायु गुणस्तरमा उल्लेखनीय सुधार आएको भए पनि विश्वव्यापी रूपमा मर्नेहरूको संख्या र सबैभन्दा धेरै स्वस्थ जीवन गुमेको वर्षलाई घोषणा गरेको पाइँदैन । देशहरूको कमजोर आर्थिक अवस्थाका कारण धेरै देशमा वायु गुणस्तर सामान्यतया खस्कँदै गएको छ ।’

 

डब्लुएचओले भनेको छ, ‘हरेक वर्ष वायु प्रदूषणले गर्दा ७० लाख अकालमै मृत्यु हुने अनुमान गरिएको छ र यसले गर्दा लाखौं मानिसको ज्यान गएको अनुमान गरिएको छ ।’ बच्चामा फोक्सोको वृद्धि र काम गर्ने क्षमता, श्वासप्रश्वाससम्बन्धी संक्रमण तथा दम झनै बढेको हुन सक्छ ।

 

वयस्कमा, इस्केमिक मुटु रोग, जसलाई कोरोनरी मुटुसम्बन्धी रोग पनि भनिन्छ र मस्तिष्कघातलगायत बाहिरी वायु प्रदूषणले गर्दा अकालमा हुने मृत्युको सबैभन्दा सामान्य कारण हो । मधुमेह र न्युरोडजेनरेटिभ अवस्थाजस्ता अन्य प्रभावको प्रमाण पनि देखापर्न थालेको संगठनले उल्लेख गरेको छ । वायु प्रदूषणले गर्दा हुने रोगको बोझ ‘अस्वस्थकर भोजन र धूमपानजस्ता विश्वव्यापी स्वास्थ्यसम्बन्धी अन्य प्रमुख खतरासित’ पनि सम्बन्धित छ ।