close

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हटाइए

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हटाइए

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मेडिकल सुपरिटेन्डेन्ट परिर्वतन भएका छन् । बिहीबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएर डा. इन्द्र ढकाललाई नियुक्त गरेको प्रवक्ता कृष्णध्वज खड्काले बताए । डा. ढकाललाई अर्को व्यवस्था नभएसम्म निमित्त भई कामकाज गर्न अनुमति दिइएको छ ।

 

डा. खनाललाई भने कोभिड अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको संयोजक बनाइएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । यस्तै, बैठकले लुम्बिनी प्रदेशमा कोभिड– १९ महामारीको व्यवस्थापन गर्न कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।